प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध र भन्सार छलिका समान सहित मानिस पक्राउ

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०७९।११।०१ गते राती अन्दाजी ०९:०० वजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीवाट खटिएकोरहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ९ बङ्ग्राकटान स्थित ऐ.ऐ. ८ बुद्ध चोक बस्ने बर्ष २१ की मनिका वुढा, ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २६ को महेश राना र ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २० को रामलखन राना लाई शंका लागी चेकजाँच गर्दा २१० मिलिग्राम लागुऔषध हैरोहेरोईन सहित तिनै जनालाई पक्राउ गरेको हो । यसै गरि ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. ६ जगतपुर घर भई ऐ.टिकापुर नगरपालिका वडा नं.१ वस्ने बर्ष २४ को नुतन कडायतले संचालन गरेको नमस्ते होटल चेक जाँच गर्दा निज नुतन कडायतले लगाएको जिन्स पाईन्टमा प्लाष्टिकमा लुकाई राखेको  १०० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको । 

मिति २०७९।११।०१ गते राति अन्दाजी ०९:०० वजेको समयमा प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ फनपार्कस्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अवस्थामा चालक भारत लखिमपुर खिरि कृष्णनगर ८ पलिया बस्ने बर्ष २४ को अमन गुप्ताले चलाएको UP31AB 4658 नम्बरको मो.सा.र चालक जिल्ला बाजुरा बडिमालिका नगरपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ तिलके ताल  बस्ने बर्ष २४ को सुरज बोहराले चलाएको से.३ प ५५११  नम्बरको मो.सा.मा सुट थान २०४ र साडी थान ५ गरी अं.मुल्य रू.१,४५,०००।- बराबरको समान, चालक र मो.सा. सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको । 

यसै गरि  प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटि गएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार नजिक रोड कोछेउमा सु.प.प्र.०१०१०प ८१७ नं.को मो.सा.मा पछाडी बाधी राखेको बोरामा ३ पिस रिङ पिस्टोन र ट्याक्टरका पार्टपुर्जा गरि अं.रू. ६२,००० (बैसठ्ठी हजार) बराबरको बेवारीसे अबस्थामा सामान फेला पारी मो.सा. सहित नियन्त्रणमालिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।