प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध काठ सहित मानिस पक्राउ

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- २०७९।११।०६ गतेको राती ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिई गएको प्रहरी टोली र लालझाडी सब डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला कञ्चनपर लालझाडी गा.पा. १ डाडाविचुवा स्थित जिल्ला कञ्चनपुर पुनर्वास न.पा. २ बस्ने वर्ष २७ को विशाल तामाङ सहित साल जातको २८.१८ क्यु फिट बराबरको अवैध काठ र ५ वटा मो.सा.लाई नियन्त्रणमा लिई थप आवश्यक कारबाही तथा अनुसन्धानको लागी लालझाडी सब डिभिजन बन कार्यालयमा पठाएको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.६ “ङ” गाँउबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार बस्ने बर्ष ४३ को हर्क बहादुर खड्का र ऐ. जानकी गा.पा.७ पठरैया बस्ने बर्ष ३० की मिना राजीलाई ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ डिब्बा कोरेक्स सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।