प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८२-११-२७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थित सोही ठाउँ बस्ने दिपेन्द्र चौधरीले आफ्नो घरको कोठा भित्र अबैध काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको घर कोठा भित्र खानतलासी गर्दा साल जातको ६४.६७ क्युफिट अन्दाजी मुल्य रु.८०,८३७।– (असी हजार आठ सय सैतिस) बराबरको  अबैध काठ मंगलबार बिहान ईलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहित मानिस समेतलाई आवश्यक कारवाहीको लागि कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएको हो ।  

      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।