अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१३ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, कैलाली गोदावरी न.पा.२ बदनाम गल्लीबाट सोही ठाउँ बस्ने बर्ष २१ को अमित शाकी
र बर्ष २५ को बिरेन्द्र साउँदलाई ३६ पिस Spasmo Cureon नामक लागू औषध जस्तो देखिने ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय
मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।