प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या

२०८२-१२-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.०४  अमलेशैनी गाउँ बस्ने बर्ष ३० को राम बहादुर मगरले आफ्नै श्रीमती बर्ष २७ की संजिता मगरसंग विवाद गरि आफैसँग रहेको भरुवा बन्दुकले गोली हानी वुधवार साँझतिर हत्या गरेको छ  ।

निजले श्रीमतिलाई गोली हानि हत्या गरेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटि गएको प्रहरी टोलीले घर देखि पश्चिमतर्फ ३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा हत्या गरेको र आफुलाई समेत उक्त बन्दुकले गोली हानी गम्भिर घाईते अवस्थामा फेला पारी सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचार भईरहेको छ । भरुवा वन्दुक इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले नियन्त्रण लिई घट्ना सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।