फरार प्रतिबादी पक्राउ
२०८३-०५-०९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
१. ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.१० बस्ने वर्ष ३२ को श्याम बहादुर चौधरी ।
२. बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र रु.१,५१०।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने राज बहादुर थापा ।
३. चेक अनादर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने केशवराज जैशी ।
४. लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा न.पा.१० बस्ने खेम बहादुर चौधरी ।
५. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष कैद सजाय र रु. रु ५०,००।- जनही तोकिएका टीकापुर न.पा.७ वैदी बस्ने वर्ष २७ को (माता भन्ने) सुनिल मिस्त्री, ऐ.ऐ.९ बौनिया बस्ने वर्ष ३४ की हिरामोती डगौरा थारु र ऐ.ऐ.बस्ने वर्ष ४५ की लाली डगौरा ।
६. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष कैद सजाय र रु. रु १५,०००।- जनही तोकिएका भजनी न.पा.१ गौनिया बस्ने वर्ष ५० को जयराम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४४ को पदम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४५ को लहानु डगौरा र ऐ.ऐ.बस्ने वर्ष ५४ को बाबुराम डगौरा ।