लागु औषध सहित मानिस पक्राउ
२०७९-११-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०७९/११/०८ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिई गएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा जि.कञ्चनपुर कृष्णपुर न.पा. वडा न. २ बंक स्थित पञ्चदेवल रेष्टुरेन्टको सञ्चालक ऐ.बस्ने बर्ष ४० को नरेन्द्र बहादुर चन्दको साथबाट ९४.८३ ग्राम ला.औ.(चरेश) सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।