प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा तास खेलिरहेको अबस्थामा ५ जना मानिस पक्राउ

२०७९-११-२०

  • A
  • A-
  • A+
Share

कैलाली: मिति २०७९।११।१९ गतेको दिउसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जानकी गापा ३ भगतपुर स्थित बिरेन्द्र खनालको दुई तले पक्की घरको छतमा जुवा तास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी निजहरुले खेलिरहेको तासको गड्डी र नगद रु.नेपाली २४,३३५।–(चौबिस हजार तिन सय पैतिस) र भारतीय रुपैया २,६३०।– (दुई हजार छ सय तिस) सहित बरामद गरी निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

निम्न:-

१.जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं.१ दुर्गौली बस्ने बर्ष ४९ को चन्द्रभान बम ।

२.ऐ.ऐ.वडा नं.३ बस्ने बर्ष ४६ को जगत साउँद ।

३.ऐ.ऐ.बस्ने बर्ष ३७ को दिपक बि.क. ।

४.ऐ.ऐ.बस्ने बर्ष ३६ को शंकर नाथ ।

५.ऐ.ऐ.बस्ने बर्ष ४६ को बिरेन्द्र खनाल । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।