प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान पक्राउ

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

आईतबार बिहान प्रहरी चौकी कालाकुण्डाबाट खटिई गएको प्रहरी टोलीले जि. कैलाली टिकापुर न.पा. ८ कालिका मन्दिर नजिक साईकल,चिनी,प्लाष्टिक झिल्ली गरि अन्दाजी रु. ८,२००।- बराबरको बेवारीसे अबस्थामा सामान फेला पारी पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागी प्रहरीले साईकल सहित सामान सत्ति भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।