प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका सामान सहित मानिस पक्राउ

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०७९।११।२२ गते अस्थाई पोष्ट बसपार्क धनगढीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ स्थित जिल्ला कैलाली गो.न.पा. ५ बस्ने बर्ष ३५ को मान ब. बोहरा र निजले चलाएको  से ७ प ७७७० नं.को मो.सा.मा भारत बाट भन्सार छली गरी ल्याएको चिनी ५० के.जी, मैदा ४० के.जी.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी कैलाली भन्सार कार्यालयमा बुझाईऐको ।

कञ्चनपुर:- मिति०७९।११।२२ गते ईलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा.६ रिछाह बस्ने वर्ष ३० को सुरज राना सहित ३ जना मानिस, २ वटा मोटरसाईकल र अन्दाजि ४०,०००।– बराबरको १०० केजि बोईलर कुखुरा सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकामा बुझाईएको ।

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।