अवैध भन्सार छलीको सामान बरामद
२०७९-१२-०१
- A
- A-
- A+
कैलाली- मिति २०७९।११।३० गते अस्थाई प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ चटकपुर स्थित भन्सार छलि गरि ल्याएका चिनि, प्लाष्टिक झिल्ली, बिडी, सुपर पावर, मिठाई लगायतका अं. रु. १४,९००।– बराबरको सामान वेवारीसे अवस्थामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।
यसै गरि मंगलवार दिउसो प्रहरी चौकी त्रिनगर कैलालीवाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. ३ मिलन चोक स्थित अन्दाजी रु. १०,०००।- (दश हजार) बराबरको लेडिज सुट वेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाईएको ।