प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवधै भन्सार छली गरि ल्याएका सामान वरामद

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।०१ गते धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड शिक्षा कार्यालय नजिक भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.१८,०००।– वरावरको ट्याक्टरको ब्यारीङहरु वेवारीसे अवस्थामा फेलापारी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा वुझाईएको हो । 

           कञ्चनपुर:- यसैगरी बुधवार साझ ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नपा ५ आमखय्या जंगलमा भन्सार छलि गरि लुकाई छिपाई राखेको अन्दाजी रु. १,७४,५००।- बराबरको लेडिज सुट, साडी, गञ्जि र थान कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालयमा पठाईएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।