प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवधै भन्सार छली गरि ल्याएका सामान वरामद

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।०१ गते धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड शिक्षा कार्यालय नजिक भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.१८,०००।– वरावरको ट्याक्टरको ब्यारीङहरु वेवारीसे अवस्थामा फेलापारी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा वुझाईएको हो । 

           कञ्चनपुर:- यसैगरी बुधवार साझ ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नपा ५ आमखय्या जंगलमा भन्सार छलि गरि लुकाई छिपाई राखेको अन्दाजी रु. १,७४,५००।- बराबरको लेडिज सुट, साडी, गञ्जि र थान कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालयमा पठाईएको हो । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।