प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-०३

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।०२ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुवाट लागुऔषध खैरोहेरोईन सहित ११ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट जुगेडावाट खटिगएको प्रहरी टोलीले नेपाल भारत सिमानाका स्थित जिल्ला कैलाली धनगढी उमनपा १२ ए गाउँ बस्ने बर्ष २६ को समेन्द्र बोगटी समेतका ६ जना मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथवाट ३ ग्राम २८ मिलिग्राम लागुऔषध खैरोहेरोईन र  म २ प ९४५२ नम्बरको मो.सा. सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरि बिहीबार प्रहरी चौकी कैलाली गाँउवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ वस्ने वर्ष २२ को सुनिल रानालाई शंका लागि चेक जाँच गर्दा निजको साथवाट १०० मिलिग्राम लागुऔषध खैरोहेरोईन र से ४ प ९९७९ नम्वरको मो.सा. सहित प्रहरीले पक्राउ गरेको हो । 

    यसैगरि बिहीबार अस्थाई प्रहरी पोस्ट बिशालनगरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उमनपा-३ पुलिस बोडिङ्ग स्कुल पछाडी जिल्ला कैलाली धनगढी उपमहानगरपालीका ३ बस्ने बर्ष २३ को सन्दिप पौडेल समेत २ जनालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ५०० मिलिग्राम लागुऔषध खैरो हिरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरि  बिहीबार ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली गौरिगंगा न.पा. १ गोप्का स्थित ऐ.ऐ. बस्ने बर्ष २९ को बिजय चौधरी समेत २ जनालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट २८० मिलिग्राम लागुऔषध खैरोहेरोईन  सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-२९

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२८ गते इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध खैरो हिरोइन मुद्दामा ४ बर्ष १० महिना २८ दिन कैद सजाय र रु.५०,०००।-(पचास हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणि बस्ने बर्ष ३२ को बिरेन्द्र नाथ । २. बहु बिबाह मुद्दामा १६ दिन कैद सजाय र रु.१,०००।-(एक हजार) जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ पहरिया बस्ने बर्ष ६८ को गगन सिंह बुढा ।३. बन मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा बस्ने बर्ष ७२ को बिष्णु दत्त जोशी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२९

     कैलाली:-  मिति २०८२।०८।२८  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.५ घर भई हाल  ऐ. लम्कीचुहा न.पा.३ ब्यवस्थितनगर स्थित कोठा गरि बस्ने बर्ष २८ को सुनिल कुमार चौधरीको कोठा खानतलासी गर्दा निजको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:- मिति २०८२।०८।२८ गते १३:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले ऐ. स्थित संचालन गरेको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          यसैगरी,  मिति २०८२।०८।२८  गते १७:१० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.०२ कञ्जबाट सोही ठाउँ बस्ने बर्ष २८ को छोट राम डगौरालाई  चेकजाँच गर्दा निजको साथबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।०८।२८ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो चालक ऐ.१० बस्ने बर्ष २२ को रोसन सिंह साउद, अटोमा सवार ऐ. ११ बस्ने बर्ष २० को कैलाश खत्री र जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका २ बस्ने १८ बर्षिय  किशोरको साथबाट  १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।