अबैध लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-०५
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।०४ गतेको दिउसो प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ त्रिनगर ब्यारेल स्थित शंका लागी चेकजाँच गर्दा जिल्ला कैलाली गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष १८ को सागर चुनारा समेत दुईजनाको साथबाट अबैध लागुऔषध १८ ट्याब्लेट स्पास र ८ ट्याब्लेट नाईट्रोभेट फेलापारी मानिस सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।