विना ईजाजत जडीवुटी सहित घुम्ति व्यापार गर्ने मानिस पक्राउ
२०७९-१२-०९
- A
- A-
- A+
अछाम- मिति २०७९।१२।०८ गते प्रहरी चौकी सिउडी अछामवाट खटिएको प्रहरी टोलीले बिक्रि बितरण ईजाजत पत्र नभएको कारण जिल्ला अछाम चौरपाटी गा.पा. १ स्थित जिल्ला बाजुरा स्वामीकार्तिक गा.पा.१ बस्ने बर्ष २५ को बिशाल बि.क र ऐ.ऐ. बस्ने बर्ष ३६ को बिर्ख बि.क.लाई हिमाली भेगमा पाईने बिभिन्न जडिबुटी ( सतुवा, सिलाजित, गानन आदि) अं. १० के.जी. र निजहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका वन कार्यालय सिउडी अछाममा बुझाएको ।