प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामानहरु बरामद

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९।१२।१४ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले  बेलौरी नपा ६ बैशाखा स्थित भारतबाट ल्याएका अबैध भन्सार छलीका प्लाष्टिक डोरी,साईकलको सामानहरु,बिडी,लगायतका अन्दाजी रु.१,५०,०००।- बराबरको मालसामानहरू सडक छेउमा बेवारीसे अवस्थामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, कैलाली:- मिति २०७९।१२।१५ गतेको बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक भारतबाट भन्सार छलि गरी ल्याएको चिनी,लुगाधुने सोडा,प्लाष्टिक झिल्ली,खुर्सानी, लगायतका अन्दाजी रु.१५,०००।– बराबरको मालसामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय पठाएको हो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।