प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामानहरु बरामद

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९।१२।१४ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले  बेलौरी नपा ६ बैशाखा स्थित भारतबाट ल्याएका अबैध भन्सार छलीका प्लाष्टिक डोरी,साईकलको सामानहरु,बिडी,लगायतका अन्दाजी रु.१,५०,०००।- बराबरको मालसामानहरू सडक छेउमा बेवारीसे अवस्थामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, कैलाली:- मिति २०७९।१२।१५ गतेको बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक भारतबाट भन्सार छलि गरी ल्याएको चिनी,लुगाधुने सोडा,प्लाष्टिक झिल्ली,खुर्सानी, लगायतका अन्दाजी रु.१५,०००।– बराबरको मालसामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय पठाएको हो ।

सम्बन्धित समाचार
कर्णाली नदीमा बगेर बेपत्ता
२०८१-०१-०७

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-०७

       बैतडी:- जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ भनकुडा स्थित जय बहादुर चन्दको ढुंगाले बनेको खर र त्रिपालले छाएको ४ कोठे र ७ कोठे गरी २ (दुई) वटा घरमा सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन,लत्ताकपडा,खाद्यान्न,सोलार प्यानल लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।–(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०६

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।