प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस पक्राउ

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर: मिति २०७९।१२।१५ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय गुलरिया,सब-डिबिजन बन कार्यालय बाणी र हरियाली सामुदायिक बन कार्यालय गुलरियाबाट खटिई गएको संयुक्त टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ किचाई स्थित ऐ. बस्ने बर्ष २२/२३ को राममिलन राना को घर भित्र अवैध काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको घरभित्र चेकजाँच गर्दा अवैध रुपमा राखिएको जम्मा १६.३३ क्युफिट साल जातको काठ  बरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागि हरियाली सामुदायिक बन कार्यालय गुलरियामा पठाईएको हो । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।