प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस पक्राउ :-

२०७९-१२-१७

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२/१६ गते दिउसो ईलाका प्रहरी कार्यालय हसुलियावाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली  कैलारी गा.पा. २ रामपुर स्थित वर्ष ३४ को गणेश नाथ को कच्ची दुई तले गोठको बराण्डामा चिराउदै गरेको अवस्थामा सालको कट्री १७ वटा ५/७ फिट ,चिराउन लागेको सालको गोलिया १ वटा ५ फिट, सालको खडा गोलिया १ वटा ७ फिट, सालको फ्रेम २४ पिस ६ र ३ फिट, सालको सिलाकट ४ वटा ६ फिट, आरा बन्चरो १/१ वटा काठ सहित गणेश नाथलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको हो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।