प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस पक्राउ :-

२०७९-१२-१७

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२/१६ गते दिउसो ईलाका प्रहरी कार्यालय हसुलियावाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली  कैलारी गा.पा. २ रामपुर स्थित वर्ष ३४ को गणेश नाथ को कच्ची दुई तले गोठको बराण्डामा चिराउदै गरेको अवस्थामा सालको कट्री १७ वटा ५/७ फिट ,चिराउन लागेको सालको गोलिया १ वटा ५ फिट, सालको खडा गोलिया १ वटा ७ फिट, सालको फ्रेम २४ पिस ६ र ३ फिट, सालको सिलाकट ४ वटा ६ फिट, आरा बन्चरो १/१ वटा काठ सहित गणेश नाथलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको हो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०७-११

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ एल. एन. चोक स्थित गोदावारी न.पा.६ बस्ने वर्ष ३३ को सुरेश चौधरीले चलाएको सु.प.प्र.०१००१ च ३०२३ नम्वरको पिकअप जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९,६८,७६९।- ( नौ लाख अठसट्ठी हजार सात सय उनान्सत्तरी ) बराबरको सुर्ति, किराना, जिप सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई नियन्त्रणमा लिएको छ ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,५१५।- बराबरको पेय पदार्थ, खाने तेल, बिडी, सुर्ति, नमकिन, विउ विजन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०७-१०

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०८।१५ गतेको फैसलाले लागूऔषध (खैरो हिरोइन) मुद्दामा ५ महिना कैद सजाय र रु.७,०००।- ( सात हजार ) जरिवाना तोकिएको बेदकोट न.पा.५ बस्ने वर्ष ३० को महेश डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र रु.१,०००।- ( एक हजार ) जरिवाना तोकिएको अमरगढी न.पा.५ तुफानडाँडा बस्ने वर्ष ३५ को रोशन गैरेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०७-१०

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५७,२००।- ( एक लाख सन्ताउन्न हजार दुई सय ) बराबरको मोटरसाइकलको चेन स्पोकेट, ब्रेक Shoes, प्लाष्टिक झिल्ली लगायतका सामान सहित म १ प २०२१ नम्वरको मोटरसाइकल र यु.के. ०६ ए.एस. ३९४९ नम्वरको भारतिय मोटरसाइकलमा सवार ऐ.२ बस्ने वर्ष ५० को लप्टन चौधरी, ऐ.११ बस्ने वर्ष ४४ को किशन दत्त जोशी र ऐ.१७ बस्ने वर्ष ३० को लब राज चटौत समेत तिन जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा पठाएको छ ।             यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१६,३२५।– बराबरको चप्पल, साडी, किराना लगायतका सामानहरु सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।