प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२२

   कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ ठेकीपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७६,६००।– बराबरको पटका, स्विच, सोल्डिङ वायर, TV रिमोट, ब्याट्री चार्जर लगायतका सामानहरु  शनिबार बेलुकी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५७,६१०।– बराबरको मिठाई, सोन पापडी, सारा बत्ति, रङ्गोली लगायतका सामानहरु शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।