प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।