प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।१७ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली गोदावरी नगरपालिका  १० बस्ने बर्ष २२  को अजबिन चौधरी  र ऐ.ऐ बस्ने बर्ष १९  को सगुन चौधरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथवाट ८०० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित दुवै जनालाई प्रहीले पक्राउ गरेको हो । 

यसै गरी शुक्रबार बेलुकी तिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्ला कैलाली भजनी न.पा. ७ चर्रा स्थित ऐ.ऐ. बस्ने बर्ष २३ को ईन्द्र बहादुर कठरियालाई संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ३३ ग्राम (तेत्तिस ग्राम ) ला.औ. खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२४

कञ्चनपुर:- मिति २०८०।०२।२३ गतेको साँझतिर भिमदत्त न.पा.६ ऐठपुर स्थित जमुना सार्कीको घर कोठाबाट ०.२६ ग्राम लागु औषध खैरोहेरोईन सहित ऐ.ऐ.बस्ने बर्ष २१ को रबिन्द्र चन्द,ऐ.ऐ.बस्ने बर्ष १९ को दिवस चन्द र ऐ.ऐ.बस्ने बर्ष १८ की कञ्चन आग्री समेतलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार राती जि.कञ्चनपुर वेदकोट.न.पा. ७ लालपुर बस्ने बर्ष अं. ४३ को गणेश सिह भण्डारीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट रेक्सोजोशिक नामक २ सिसी र फेनार्गन १ सिसि सहित फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी सुडाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामानहरु पक्राउ
२०८०-०२-२४

कैलाली:- मिति २०८०।०२।२३ गतेको साँझतिर धनगढी उप-महानगरपालिका ४ ओमशान्ती टोल  स्थित भारतबाट भन्सार छली गरी ल्याएको लेडिज कुर्ती थान ५०० गरी अं.मुल्य २,००,०००।– (दुई लाख) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार साँझतिर जि.कैलाली भजनी न.पा.१ पडरिया चोक स्थित भन्सार छली गरि ल्याएका पेप्सी,आन्टी,सुपारी गरि अन्दाजी रु. २५,०००।- (पच्चिस हजार) बराबरको सामानहर  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२१

कैलाली:- मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल स्थित गोदावरी नगरपालीका ५ बस्ने बर्ष १७ को साजन जहेरु लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४९० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   यसैगरि, मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला चेक पोष्टमा भारतबाट नेपाल तर्फ  आउदै गरेको ऐ.जानकी गा.पा. ९ पुर्वीखैरीफाँटा बस्ने बर्ष २५ को सागर कडारालाई शंका लागी चेकजाँच गर्ने क्रममा  निजको साथबाट कुल तौल ९४० मिली ग्राम लागु औषध खैरोहेरोईन फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।