लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२०
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा. २ त्रिनगर स्थित जि. कैलाली घोडाघोडी न.पा. १ बस्ने बर्ष १९ को करन परीयार र ऐ.ऐ. बस्ने बर्ष २२ को शिबराज ओझा लाई शंकालागी चेकजाच गर्दा निजहरुको साथबाट अबैध लागुऔषध ९ ग्राम १७० मिलिग्राम खैरोहेरोईन फेला पारी मानिस सहित प्रहरीले पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।