भारतवाट ल्याईएका अवैध कुखुरा बरामद
२०७९-१२-२२
- A
- A-
- A+
कैलाली- मिति २०७९/१२/२१ गते राती प्रहरी चौकी कैलालीगाउ बाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा. १३ राजपुर चोक स्थित चालक जि. कञ्चनपुर पुनरवास न.पा.११ बस्ने बर्ष २० को राजेश राना र ऐ.ऐ. बस्ने बर्ष २५ को किसोर चौधरीले चलाएको से. ६ प ९७०३ र से. १ प ७४१० नं. को मो.सा. मा भारत बाट अबैध रुपमा ल्याउदै गरेको २ क्युन्टल बोईलर कुखुरा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको ।