लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२२
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।२१ गते राती सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. ८ क्याम्पसचोक स्थित जि.डोटी दि.सि.न.पा. घर भई हाल जि.कैलाली धनगढी उ.म.न.पा. ८ क्याम्पस चोक कोठा गरी बस्ने बर्ष १६ को जिवन मल्ल समेतका ३ जनाको साथवाट ला.औ. त्रिगापा नामक ७२ ट्याब्लेट र नाम नखुलेको १० ट्याब्लेट सहित तिनै जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।