प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

मिति २०७९।१२।२४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्कीचुहा नपा ४ बलिया स्थित ऐ.ऐ. वस्ने मेसक कुमार चौधरीले सञ्चाल गरेको लक्ष्मी क्लिनिकमा नेपाल सरकारबाट विक्रि वितरणमा प्रतिबन्ध लगाएको औषधी निमाडोल २० क्याप्सुल, एमिल २० ट्याबलेट, भेग्रा ५०२ ट्याबलेट,  डाइजिन २० ट्याबलेट, भाइपिन ५०० ट्याबलेट, पौरुष जिवन ६६० ट्याबलेट, ट्रेड १५५ ट्याबलेट, कोडिन ११० ट्याबलेट, बेचबिखन गरी रहेको अवसस्थामा फेला पारी रितपुर्वक बरामद गरी निज मेसक कुमार चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  

यसै गरि सोही दिन ईलाका प्रहरी कार्यालय भजनि कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी न.पा. वडा नं. ५ कौवाखेडा स्थित जिल्ला कैलाली बर्दागोरीया गा.पा.वडा न.४ मुडा बस्ने बर्ष १८ को आनन्द ठकुरीले चलाई ल्याएको ना. ४१ प८४६० नं. को मो.सा. चेकजाँच गर्दा सो मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को दिपेन्द्र बोहराको साथ बाट १८ ग्राम लागु औषध खैरोहेरोईन फेला पारी मो.सा. सहित निज दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।