फरार प्रतिबादी पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरीवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.६ बस्ने मनिष कुमार चौधरी ।
२. लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ,ब्लक नं.११ बस्ने पदम राज भण्डारी ।
३. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने बिक्रम बहादुर बोहरा ।
४. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने हरि साउँद ।
५. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने शिखा डाँगी ।
६. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, बर्दगोरिया गा.पा.१ बस्ने सन्तोष बिश्वकर्मा ।
७. सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.२ बन्दिपुर बस्ने बर्ष ४२ को बिर्ख बहादुर सुनार ।
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०१।१६ गतेको फैसलाले लागूऔषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा ९ दिन कैद तोकिएको जिल्ला बाजुरा, खप्तड छेडेदह गा.पा.५ दोगडी बस्ने बर्ष २७ को दिपक रावतलाई प्रहरी चौकी दोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२२४ गते ऐ. दोगडी बजारबाट पक्राउ गरेको ।