प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागुऔषध सहित मानिस पक्राउ

२०८२-११-१३

  • A
  • A-
  • A+
Share

  कैलाली :- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ स्थितबाट ५०  मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निम्न मानिसहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

निम्न

१.जि.कैलाली बर्दगोरिया गा.पा. २ घर भई ऐ.ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को कनैया चौधरी ।

२.जि. अछाम साफेबगर न.पा.८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २६ को महेश कुँवर ।

३.जि. अछाम साफेबगर न.पा. ८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को गौरव स्वार ।

 

  कञ्चनपुर :- जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ स्थित कलकत्ता बजारबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ३ देखदभुली बस्ने बर्ष २० को दिपेश रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०६

    कैलाली:- जि.कैलाली भजनी नगरपालिका वडा नं.३ पडरीया स्थित इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिहीबार दिउसो सोही ठाँउ बस्ने अन्दाजी बर्ष २८ को हरि प्रसाद डगौराको घर कोठामा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई बिहीबार दिउसो नियन्त्रणमा लिएको ।     यसै गरी जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. १२ मनेहरा पुरानो शिविर‍ बस्ने वर्ष १८ को एकजना किसोरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा-११ डोकेबजार स्थित बिहिबार साँझ भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. -५ गेटा बस्ने अन्दाजी बर्ष १९ को कुशल बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट शुद्ध तौल ४५० मिलिग्राम खैरो हिरोईन जस्तो धूलो पदार्थ फेला पारी उक्त पदार्थ सहित चार जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।