अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।०३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ०३ मिलनचोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।–बराबरको बिडी, साडी लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।१०।०३ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,३००।–बराबरको बिभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।