प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-११-२९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१९ बागफाँटाबाट ८७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ की सुनिता रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाटा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ खप्टीनालाबाट ४ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरिया बस्ने बर्ष ३१ को पुरुषोत्तम रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।

   यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० पिपलचौताराबाट जिल्ला कन्चनपुर शुक्लाफाँटा न.पा.१२ कालागौडी बस्ने बर्ष २४ को अर्जुन राना,  सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बहादुर साँहु र  १८ बर्षिय किशोरलाई  २ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । सु.प.प्र.०२-००४ प १५८६  नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो । 

    यसैगरीजिल्ला कञ्चनपुर बेलौरी न.पा.१० दर्शी खल्लाबाट जिल्ला कन्चनपुर लालझाँडी गा.पा.२ कंज बस्ने बर्ष २४ को बलराम राना र सोही ठाउँ बस्ने बर्ष २६ को बलराम रानालाई  १ ग्राम ८६०मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से १ प ६७७० नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२६

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसी र ऐ.४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०३,६५०।– बराबरको चिनी, मिस्री, केरा, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,५५०।– बराबरको कुर्ती, साडी, सुटपिस, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२५

   कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश मल्ललाई  विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६० मिलिग्राम सहित २ जनालाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.२ बस्ने १८ वर्षिय किशोर र जिल्ला कञ्चनपुर पुर्नवास न.पा. ११ बस्ने बर्ष १९ को निशान ढकाल  रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ क्याम्प चेकपोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त न.पा.४ गोबरीया बस्ने बर्ष २९ को अमित चौधरी, सोही न.पा.१८ सालघाँरी बस्ने बर्ष २७ को शेखर चौधरी र शुक्लाफाँटा न.पा.७ झण्डभोज बस्ने बर्ष २४ को सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कञ्चनपुर बेदकोट न.पा.१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ भने चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने बर्ष २४ को निरज शाह भागि फरार रहेको छ निजको प्रहरीले खोजतलास गरिरहेको छ । अस्थायी प्रहरी बिट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।