अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।०४ गते १३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट जिल्ला बाजुरा, त्रिबेणी न.पा.४ बस्ने बर्ष २७ को नवराज साउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।