प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-०५

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।१०।०४ गते १३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट जिल्ला बाजुरा, त्रिबेणी न.पा.४ बस्ने बर्ष २७ को नवराज साउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.६ “ङ” गाँउबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार बस्ने बर्ष ४३ को हर्क बहादुर खड्का र ऐ. जानकी गा.पा.७ पठरैया बस्ने बर्ष ३० की मिना राजीलाई ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ डिब्बा कोरेक्स सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।