आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-१०-०५
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।१०।०४ गते जिल्ला बाजुरा, गौमुल गा.पा.२ कुहुडा बस्ने बर्ष ३० को बिष्णु रोकायाको खरले छाएको ३ तले ६ कोठे कच्ची घरमा विद्युतको लाईन सट भई आगलागी हुँदा घर र घरभित्र रहेका नगद, गरगहना, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२०,००,०००।– ( बीस लाख) बराबरको बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षती नभएको ।