जुवातास खेलिरहेको अबस्थामा ११ जना पक्राउ
२०८२-१०-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।०४ गते १५:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ झलारीगाँउ स्थित खालि जमिनमा जुवातास खेलि रहेका छन् भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ४२ को रामचरण चौधरी समेत ११ (एघार) जनालाई नगद रु.२,००,५००।– (दुई लाख पाँच सय), ६ गड्डी तास र ११ थान मोवाईल सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।