प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-०९

  • A
  • A-
  • A+
Share

 कैलाली:- मिति २०८२।१०।०७ गते १४:४० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ भुरुवाबाट सोही ठाउँ बस्ने २४ को भरत सन्ज्याल र ऐ.५ बस्ने बर्ष २७ को मदन आचार्यलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८२।१०।०७ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड बजारबाट सोही ठाउँ बस्ने २६ को दिपक धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८२।१०।०७ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ बटनपुरबाट सोही ठाउँ बस्ने २३ को राहुल लुहार, जिल्ला बर्दिया, गेरुवा गा.पा.२ पाताभार बस्ने बर्ष २३ को समिर चौधरी र ऐ. बस्ने बर्ष २० को अनिश थारुलाई लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, २९० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र १ थान खुकुरी समेत फेला पारी उक्त पदार्थ र खकुरी सहित निजहरु तिनै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

       कञ्चनपुर:-  मिति २०८२।१०।०७  गते १३:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६  बैशाखा स्थित पुल नजिक इलेक्ट्रोनिक स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक ऐ. ४ शान्तीपुर बस्ने बर्ष २४ को महादेव चौधरीको साथबाट ४१०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

        यसैगरी,  मिति २०८२।१०।०७  गते १३:२० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा १० खुल्लामञ्च नजिकबाट ऐ.झलारी बस्ने वर्ष ३३ को चन्दन ऐर र ऐ.११ कलुवापुर बस्ने बर्ष २५ को दिपेन्द्र सुनारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ०.३६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

    यसैगरी,  मिति २०८२।१०।०७  गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० दर्सिखल्ला स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय UK06BM9116 नम्वर पिलेटको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक भारत जिल्ला पिलिभित, टाटरगंज बस्ने बर्ष २२ को मंगु सिंहको साथबाट २ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी,  मिति २०८२।१०।०७  गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ बरेलीटोलबाट सोही ठाउँ बस्ने बर्ष २५ को दिपक थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ०.१३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२५

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ६९ को डम्मर बहादुर शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले निजको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० स्थित किल्ला नम्बर ४ नजिकबाट जिल्ला कञ्चनपुर, शुँक्लाफाटा न.पा.५ प्रगती टोल बस्ने बर्ष २४ को हरिश भट्टलाई ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर बस्ने १८ वर्षिय दुई जना किशोरलाई १ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राती प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।