प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागुऔषध सहित मानिस पक्राउ

२०८२-११-१७

  • A
  • A-
  • A+
Share

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

   कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।