फरार प्रतिबादी पक्राउ
२०८२-१०-०९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।०७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१.सवारी ज्यान मुद्दामा ११ महिना ७ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१० फकिरेटोल बस्ने बर्ष ३३ को सुशिल प्रसाद जोशी ।
२.लागूऔषध मुद्दामा २७ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी ना.पा.१० भुडा बस्ने बर्ष २४ को बिकाश चौधरी ।
३.लागूऔषध मुद्दामा ४ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.९ सिसैया बस्ने बर्ष २४ को ललित ऐर ।
४.लागूऔषध मुद्दामा २० दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी ना.पा.१० सडकघाट बस्ने बर्ष २४ को सुरज चौधरी ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएकी जिल्ला कैलाली, चुरे गा.पा.३ सुनारी बस्ने बर्ष २३ की निर्मला कुमारी रावतलाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।०७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।