फरार प्रतिबादी पक्राउ
२०८२-१०-०९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।०८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. काठ चोरी मुद्दामा ४ महिना ११ दिन कैद सजाय र रु.२१,२८६।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१२ ऐरी बस्ने बर्ष ३८ को सुरेश रावल ।
२. चोरी मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बस्ने वर्ष ३१ को सुरज नेपाली ।
३. जवरजस्ती करणी अप्राकृतिक मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बस्ने बर्ष ५० को शंकर सिह बोहरा ।