कुटपिट गरि श्रीमतिको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१०-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।११ गते १०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ घर भई हाल ऐ. १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती बर्ष ३० की हिरा दाहाललाई कुटपिट गर्दा गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएकोमा उपचारको क्रममा ऐ. १९:२५ बजेको समयमा मृत्यू भएको, कुटपिट गर्ने व्यक्ति निजको श्रीमान सतिङ दाहाललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।