फरार प्रतिबादी पक्राउ
२०८२-१०-१२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.८ बस्ने बर्ष २३ को दिपेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६८।०३।०२ गतेको फैसलाले डाँकाचोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु. २६,८५०।–जरिवाना र सोही मुद्दामा मिति २०६८।१२।०१ गतेको फैसलाले ६ बर्ष कैद सजाय र रु.३०,१५०।–जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ ढैया बालुवाटार बस्ने बर्ष ५० को मदन नाथ योगी भनिने मदन बि.क.लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।