प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।१०।१२ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ को राम नारायण रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

       कञ्चनपुर:-  मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर नजिकबाट ऐ.१० तिल्केनीटोल बस्ने बर्ष २३ को ऐश्वर्या बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

       यसैगरी, मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ऐ.७ बस्ने बर्ष २० को अमित राना र ऐ.बस्ने बर्ष २० को समिर चौधरीलाई भारतबाट नेपाल तर्फ शंकास्पद आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

       यसैगरी, मिति २०८२।१०।१२ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पणेश बस्ती बस्ने बर्ष २६ को दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

सम्बन्धित समाचार
अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-११-२९

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।- (दुई लाख साठि हजार नौ सय) बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २८ को खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. भजनी न.पा.९ बस्ने बर्ष ३७ को रामनारायण चौधरीलाई  बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोटरसाइकल, सामान सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१९ बागफाँटाबाट ८७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ की सुनिता रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाटा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ खप्टीनालाबाट ४ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरिया बस्ने बर्ष ३१ को पुरुषोत्तम रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० पिपलचौताराबाट जिल्ला कन्चनपुर शुक्लाफाँटा न.पा.१२ कालागौडी बस्ने बर्ष २४ को अर्जुन राना,  सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बहादुर साँहु र  १८ बर्षिय किशोरलाई  २ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । सु.प.प्र.०२-००४ प १५८६  नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० दर्शी खल्लाबाट जिल्ला कन्चनपुर लालझाँडी गा.पा.२ कंज बस्ने बर्ष २४ को बलराम राना र सोही ठाउँ बस्ने बर्ष २६ को बलराम रानालाई  १ ग्राम ८६०मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से १ प ६७७० नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।