अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।१२ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ को राम नारायण रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर नजिकबाट ऐ.१० तिल्केनीटोल बस्ने बर्ष २३ को ऐश्वर्या बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ऐ.७ बस्ने बर्ष २० को अमित राना र ऐ.बस्ने बर्ष २० को समिर चौधरीलाई भारतबाट नेपाल तर्फ शंकास्पद आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।१०।१२ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पणेश बस्ती बस्ने बर्ष २६ को दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।