सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-१०-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।१२ गते २२:०५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ खुटिया पुलमा सु.प.प्र.०१-००१ च ३६१८ नम्बरको एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएको जिल्ला कैलाली, कैलारी गा.पा.५ पवेरा वस्ने वर्ष ३० को अक्षय चौधरी गम्भिर घाइते भइ उपचारको लागी निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा २२:१२ बजेको समयमा मृत्यू भएको, सोही ट्याक्टरमा सवार जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मी टोल बस्ने बर्ष ६० को साँकी चौधरी समेत घाइते भई निजको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, एम्वुलेन्स र एम्वुलेन्स चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.०१ बस्ने बर्ष २५ को प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।