फरार प्रतिबादी पक्राउ
२०८२-१०-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।१२ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएकी जिल्ला कैलाली, गोदाबरी न.पा.१ बस्ने काजल पार्की ।
२. बहु-विवाह मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने लाल बहादुर टमटा ।