फरार प्रतिबादी पक्राउ
२०८२-१०-१५
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले किर्ते मुद्दामा रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. ९ झलारी बस्ने बर्ष ४८ को मान बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।