प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।१०।१२ गते २२:०५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ खुटिया पुलमा सु.प.प्र.०१-००१ च ३६१८ नम्बरको  एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएको जिल्ला कैलाली, कैलारी गा.पा.५ पवेरा वस्ने वर्ष ३० को अक्षय चौधरी गम्भिर घाइते भइ उपचारको लागी निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा २२:१२ बजेको समयमा मृत्यू भएको, सोही ट्याक्टरमा सवार जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मी टोल बस्ने बर्ष ६० को साँकी चौधरी समेत घाइते भई निजको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, एम्वुलेन्स र एम्वुलेन्स चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.०१ बस्ने बर्ष २५ को प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।