सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
अछाम:- मिति २०८२।१०। १५ गते
१६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय
स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको
चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको
१२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी
कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।