प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित १० जना मानिस नियन्त्रणमा

२०८२-१०-१६

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८२।१०।१५  गते २१:०० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रदिप लुहार समेत १० जनालाई उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरि रहेको अवस्थामा फेला पारि निजहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११.३७ (एघार दशमलव सैतिस) ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा प्रतिवन्धित क्याप्सुल र लागूऔषधमा प्रयोग हुने अन्य सामानहरु सहित फेला पारी उक्त लागूऔषध र सामानहरु सहित निजहरु दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।