प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-२०

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।१०।१९ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ जालीबाट सोही ठाउँ बस्ने २३ को विशाल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

     यसैगरी, मिति २०८२।१०।१९ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ बेलारबाट सोही ठाउँ बस्ने ३० को दिनेश कुवरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     कञ्चनपुर:-  मिति २०८२।१०।१९ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ स्थित रहेको जानकी सामुदायिक वनमा लागूऔषध खरिद विक्री भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.७ कलुवापुर बस्ने बर्ष २४ को निरज राना र ऐ.बस्ने बर्ष ३२ को सुरेन्द्र रानालाई चेकजाँच गर्दा निजहरुको साथबाट ९७ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको सु.प.प्र. ०२-००४ प २५४ नम्वरको मोटरसाइकल सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी, मिति २०८२।१०।१९ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.३ बनकुरुवा स्थित बनकुरुवाबाट बैवाहतर्फ आउने कच्ची सडकखण्डमा म २ प ८७१५ नम्बरको स्कुटीलाई शंका लागि चेकजाँच गर्दा स्कुटी चालक ऐ. शुक्लाफाँटा न.पा.३ पिपलाडी बस्ने बर्ष २६ को रिमलाल डगौरा र स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भुवन सिंहको साथबाट ८ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटी सहित निजहरु दुवैलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

      यसैगरी, मिति २०८२।१०।१९ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ३३४० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उ.म.न.पा.११ बेली बस्ने बर्ष २६ को दिपेन्द्र चौधरी र मोटरसाइकल पछाडी सवार ऐ.६ मटिहारी बस्ने बर्ष ३३ को रमेश मल्लको साथबाट २ ग्राम ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       


सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना हुँदा मृत्यु
२०८२-१०-२०

    कैलाली:- मिति २०८२।१०।१९ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.७ प्रतिपुर स्थित हुलाकी सडक खण्डमा टिकापुरबाट भजनी तर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भई विच सडकमा पल्टिदा ट्रालीमा सवार जिल्ला कैलाली, भजनी न.पा. ७ चर्रा बस्ने बर्ष २५ को कबिर कठरिया गम्भिर घाइते भई उपचारको लागि टिकापुर अस्पताल टिकापुर लगिएकोमा उपचारको क्रममा ऐ.२०:२० बजेको समयमा मृत घोषणा गरेको, सोही ट्रालीमा सवार सोही ठाउँ बस्ने बर्ष ३४ को पंकज कठरिया घाईते भई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज, बाँके रिफर गरिएको, ट्याक्टर चालक जिल्ला कैलाली, भजनी न.पा. ७ चर्रा बस्ने वर्ष २७ को सहिराज अली फरार रहेकोले निजको खोजतलास भईरहेको, ट्याक्टर र ट्राली प्रहरी चौकी सत्ति, कैलालीको नियन्त्रणमा रहेको ।     

फरार प्रतिबादी पक्राउ
२०८२-१०-२०

       कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३०को घुमन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।       अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२१ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.३ बस्ने गणेश बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९  गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१९

कञ्चनपुर:-  मिति २०८२।१०।१८ गते १९:२० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ स्थित रहेको जानकी सामुदायिक वन भित्र लागूऔषध सेवन गरि रहेका छन भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ वस्ने बर्ष २५ को प्रदिप राना र बर्ष २४ को शिव राम रानालाई चेकजाँच गर्दा २.५० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।