प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-१०-२०

  • A
  • A-
  • A+
Share

       कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३०को घुमन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

       अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२१ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.३ बस्ने गणेश बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९  गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको ।


सम्बन्धित समाचार