अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी
उ.म.न.पा.१ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु. ५१,४४०।– बराबरको बिभिन्न
किसिमका औषधि लगायतका सामानहरु मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,८००।– बराबरको बिभिन्न किसिमका भाँडावर्तन, कुलर लगायतका
सामानहरु मंगलबार साँझ इलाका प्रहरी कार्यालय बेलडाँडी,
कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।