अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी
उ.म.न.पा.९ बाङग्राकटानबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित ऐ. कैलारी गा.पा.९ बस्ने बर्ष २३ को उदिप रानालाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट
जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच
गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया
पुरा गरि निजलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली, बर्दगोरीया
गा.पा.४ मुडा बजारबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ
सहित ऐ.१ बस्ने १८ वर्षिय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो
। इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, बेलौरी न.पा. १० जर्सिखल्लाबाट ८५० मिलिग्राम लागू
औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.९ रतनपुर बस्ने बर्ष २३ को उमेश
कुमार भट्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ
संकास्पद रुपमा पैदल आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।